कपिलवस्तुको दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

सत्रुहन खरबिन्द , १० चैत ।
कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । अपराधिक घटनालाई न्यूनिकरण गर्न र त्यस क्षेत्रको सुरक्षा ब्यवस्था सुदृढ गर्न प्रहरी पोष्टको स्थापना गरिएको छ ।

प्रहरी पोस्ट उदघाटन कार्यक्रमका प्रमुख अतिथि रहेकाअ कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले शान्ति सुरक्षा कायम राख्नका निम्ति प्रहरी पोस्ट स्थापन भएपनि प्रहरीलाइ स्थानीयबासीको साथ सहयोगको समेत आवश्यकता रहेको बताउनु भएको छ । यसैगरी पोष्टलाई आवश्यक पर्ने भौतिक पूर्वधारलगायतको सहयोग नगरले गर्ने प्रमुख पौडेलले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले प्रहरीले गर्ने हरेक राम्रा कार्यमा स्थानीय नागरिकको सहयोग मिल्दै गएपछि प्रहरीको मनोबल उच्च रहने बताउनुभयो । हरेक सूचना नागरिकलाई जानकारी हुने भएकाले अपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसङ्गती सबै नियन्त्रणका लागि प्रहरीलाई साथ दिन उहाँले आग्रह गर्नुभयो ।

यस्तै, बढ्दो अपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रेम बहादुर बस्नेतले बताउनुभयो । शान्ति सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमासमेत थप मद्दत पुग्ने उहाँको भनाइ छ ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष इन्द्रमणि कुर्मी, वडा नं.८ का वडाअध्यक्ष शिव कुमार पाण्डे , सशस्त्र प्रहरी उपरिक्षक जिवन केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमात्र बज्राचार्य, स्थानिय समाजसेवी लगायतको सहभागिता थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *