चैत्र २९, २०७९
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै कारबाही गरेको जानकारी दिए । समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय भएको लामिछानेले जानकारी दिए ।
रास्वपा केन्द्रीय सदस्यले नयाँ सांसदमा कंशाकारलाई निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।
सभापति लामिछानेले श्रेष्ठले आरोप लगाउँदै आएको कोर टिमबारे छानबिन गर्न सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । ‘उहाँले कोर टिम भन्नुभएको छ । त्यसमा को हो भनेर अनुसन्धान गर्न नै हामीलाई कुनै आधार भएन,’ बुधबारको पत्रकार सम्मेलनमा सभापति लामिछानेले भने, ‘बरु यसबारे सरकारका सम्बन्धित निकायले छानबिन गरिदिए त्यसका लागि हामी सहयोग गर्छौं