लुम्बिनी – पाल्पाको तिनाउ गाउँपालिका–३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुुटर चालकको मृत्युु भएको छ।
गुल्मीबाट आज बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बसको ठक्करबाट घाइते न्यौपानेको प्रादेशिक अस्पताल बुुटवलमा उपचारका क्रममा मृत्युु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिई अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। देश सञ्चार