
इन्डियन प्रिमियर लिगमा शनिबार राति भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको छ। मुम्बईलाई उसकै मैदानमा पराजित गर्ने क्रममा पञ्जाबले पहिले ब्याटिङ गर्दै २१५ रनको विजयी लक्ष्य प्रस्तुत गरको थियो। जवाफमा मुम्बई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रनमा समेटियो।
अन्तिम ओभरमा मुम्बईलाई १६ रन चाहिएको अवस्थामा अर्सदीप सिंहले केवल २ रन दिएर २ विकेट लिएका थिए। अर्सदीपले अन्तिम ओभरको तेस्रो र चौंथो बलमा विकेट लिँदा दुबै पटक १६-१६ लाख पर्ने ‘एलइडी’ स्टम्प भाँचिएको थियो।
पञ्जाबका लागि कप्तान साम करनले २९ बलमा ५५ रनको विष्फोटक इनिङ खेले। त्यस्तै हर्पित सिंहले ४१ रन बनाउँदा प्रभसिम्रनले २६ रन बनाए। त्यस्तै, अथर्व टाइडले २९ रनको योगदान दिंदा जितेश शर्माले २५ रन बनाएका थिए।
जवाफमा मुम्बईले सानदार इनिङ खेलेपनि अन्तिम केही ओभर कमजोर ब्याटिङ गर्दा पराजित हुन पुग्यो। मुम्बइका लागि क्यामरुन ग्रिनले ६७ रन बनाउँदा सूर्यकुमार यादवले ५७ रन बनाए। ग्रिन र क्यामरुनले टिमलाई बलियो अवस्थामा पुर्याएएपनि पछिल्लो क्रमले गतिलो प्रदर्शन गर्न सकेन।
कप्तान रवहित शर्मा ४४ रनमा आउट हुँदा टिम डेभिड २५ रनमा नटआउट रहे। पञ्जाबका लागि अर्सदीप सिंहले ४ विकेट लिएका थिए।
जितसँगै पञ्जाब ७ खेलबाट ४ जित सहित ८ अंक बनाएर पाँचौँ स्थानमा उक्लिएको छ। पराजित मुम्बई ६ खेलबाट ६ अंकका साथ ७ औँ स्थानमा छ।