
काठमाडौं ।। नीरा पाण्डे हत्या प्रकरणमा एक युवक पक्राउ परेका छन् । कपनको सरस्वतीनगरस्थित निरु किचनका सञ्चालक नीरा पाण्डे आचार्यको वैशाख ७ गते दिउँसो रहस्यमय ढंगले हत्या भएको थियो ।
लगातार अनुसन्धानपछि शनिबार प्रहरीले घटनामा संलग्न रहेको आशंकामा झापाका एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेको नाम विनोद विक रहेको प्रहरीले जनाएको छ ।
उनलाई झापाको धुलाबारीबाट पक्राउ गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी किरण बजचार्यले जानकारी दिए ।
पक्राउ परेकालाई आजै सार्वजनिक गर्ने तयारी पनि भइरहेको बताइएको छ ।
नीराको निर्ममतापूर्वक हत्या गरियो । उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको पाइएको छ ।