
रौतहट स्वास्थ्य शिविरमा प्रभु बैंक लिमिटेड, चन्द्रनिगाहपुर शाखाले सहकार्य गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा सहयोग गरेको छ ।
बैंकको चन्द्रपुर शाखाका प्रबन्धक राजेश पोखरेलले प्रभु बैंकले सामाजिक कार्यमा सदैव अगुवाई गर्ने र सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको बताए ।
उनले प्रभु बैंकले यसअघि पनि सामाजिक कार्य गर्दै आएको बताउँदै नेपाली सेनाको स्वास्थ्य शिविरलाई सहयोग गर्दै शिविरलाई सफल बनाउन बैंकले भूमिका खेल्न सक्ने भएकोमा खुशी व्यक्त गरे ।
‘हाम्रो बैंकले नागरिकलाई फाइदा पुग्ने सामाजिक कार्यमा सधैं चासो राख्छ र सहभागी बनाउँछ,’ उनले भने, ‘स्वास्थ्य शिविरमा पनि सहभागी भई नागरिकलाई सेवा प्रदान गर्न पाउँदा निकै खुसी लागेको छ । हामी यसलाई जारी राख्नेछौं।’
चन्द्रपुर नगरपालिकाको वडा नं ८ स्थित शिवशक्ति आधारभूत विद्यालय मोतीपुरमा आयोजित स्वास्थ्य शिविरमा ७ सय १४ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको आयोजकले जनाएको छ ।