
लुम्बिनी। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिने भएका छन् ।
यसअघि सोमबार विश्वासको मत लिने निर्णय गरेका मुख्यमन्त्री चौधरीले अन्तर्राष्ट्रिय श्रमिक दिवस सार्वजनिक बिदा भएकाले मंगलबार विश्वासको मत लिन लागेको जानकारी दिए ।
प्रदेशसभामा आठ दलको समर्थनमा गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् पूरा गर्ने योजना बनाएका छन् ।
वाम गठबन्धनमा मन्त्रालय बाँडफाँडको टुंगो नलागेपछि चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्रीसहित नियुक्त भएका तीन मन्त्री पनि विभागविहीन छन् ।
मंगलबार विश्वासको मत लिने कार्यतालिका तय भएको मुख्यमन्त्री चौधरीले प्रदेश सभालाई जानकारी गराएको मन्त्री पाण्डेले जानकारी दिए । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मङ्गलबार प्रदेशसभाको बैठक बोलाइएको छ । प्रदेशसभाको पहिलो अधिवेशनको दशौं बैठक वैशाख १९ गते मंगलबार बिहान ११ बजे बस्ने गरी प्रदेशसभा सचिव दुर्भमकुमार पुनले जारी गरेको सूचनामा उल्लेख छ ।