
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको सचेतकमा निशा डाँगीलाई चयन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतकमा चयन गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
‘हाम्रो पार्टीमा प्रमुख सचेतकको रुपमा काम गरिरहेको छु’, उनले भने, ‘हामीले आज निशा डाँगीलाई सचेतक बनाउने निर्णय गरेका छौँ ।
बैठकले अध्यक्ष रवि लामिछानेलाई संसदीय दलको नेतामा पुनः निर्वाचित गरेको छ । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमाएका थिए ।