
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार बसेको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गरेको छ ।
गठन भएका ३६ विभागमा पार्टी प्रवक्ता मुकुल ढकाल, मनिष झा, सुमना श्रेष्ठ, अशोक चौधरी र डा. तोशिमा कार्कीसहित पाँचजनालाई ‘दोहोरो’ जिम्मेवारी दिइएको छ ।
डा. ढकाल नीति तथा विभाग प्रमुख र तालिम विभागको प्रमुख बनेका छन् । त्यसैगरी डा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या विभाग र युवा तथा खेलकुद विभागको जिम्मेवारी दिइएको छ भने झालाई तथ्याङ्क अनुसन्धान विभाग र सार्वजनिक लेखा समीक्षा विभागको जिम्मेवारी दिइएको छ ।
श्रेष्ठले विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग र शिक्षा विभागको जिम्मेवारी पाएका छन् भने चौधरीले सहकारी र कृषि विभागको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, तनहुँ २ बाट नवनिर्वाचित सांसद स्वर्णिम वाग्ले आर्थिक नीति विभागमा निर्वाचित भएका छन् भने संगठन विभाग प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार विभागका विपिन आचार्य, शिशिर विजयी भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध विभागका खनाल र आप्रवासी नेपाली सम्पर्क विभागको प्रमुखमा डोलप्रसाद अर्याल छन् ।
मानव विकास प्रवद्र्धन विभागमा कुसुम महर्जन, समन्वय विभागमा केन्द्रीय राठ विष्णुकुमार श्रेष्ठ, उत्पादन प्रवद्र्धन विभागमा रामकृष्ण भट्टराई, नेतृत्व क्षमता र मानव विकास विभागमा खुशबुसरकार श्रेष्ठ, जनसम्पर्क विभागमा दीपक बोहरा, जनसम्पर्क विभागमा हरि ढकाल रहेका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विभागमा लिमा अधिकारी आर्थिक व्यवस्थापन विभागमा, गुनासो व्यवस्थापन विभागमा डा अर्निक पडेलाई दान, विकास, योजना तथा नीति निर्माण विभागमा छनोट गरिएको छ ।
त्यसैगरी शैक्षिक मंथन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता गौतम, पर्यटन तथा संस्कृत विभागमा शिशिर खनाल, मुद्रा तथा पूँजी बजार विभागमा विराजभक्त श्रेष्ठ, मुद्रा तथा पुँजी बजार विभागमा गणेश कार्की रहेका छन् । पराजुली उद्योग वाणिज्य विभाग, असिम शाह श्रम तथा उपभोक्ता कल्याण विभागमा छन् । यातायात विभागमा शिव नेपाली, पूर्वाधार विकास अनुगमन विभागमा निशा डाँगी, भूमि अधिकार विभागमा सन्तोष परियार, वन, वातावरण तथा प्राकृतिक स्रोत विभागमा विनिता कठायत र महिला तथा सामाजिक विकास विभागमा लक्ष्मी तिवारी रहेका छन् ।