प्रधानमन्त्री प्रचण्डद्वारा सत्ता गठबन्धनको बैठक आह्वान

प्रधानमन्त्री प्रचण्डद्वारा सत्ता गठबन्धनको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलको बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक आह्वान गरेका हुन् ।

यस्तै, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई पनि सरकारमा ल्याउनेबारे छलफल हुने बताइन्छ । रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन् । साविककै मन्त्रालय दिएर सरकारमा ल्याउनेगरी प्रधानमन्त्री आफैंले पहल गरेपछि रास्वपा पनि सकारात्मक छ ।

रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले गठबन्धन दलमा छलफल गरेर जवाफ दिने बताएपछि शुक्रबारसम्म सरकारलाई दिएको समर्थनबारे पर्ख र हेरको अवस्थामा होल्ड गरेर राखेको छ ।

सत्ता गठबन्धन दलका विवादको कारणले प्रधानमन्त्रीले आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा समेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डले हाल खानेपानी, वन तथा वातावरण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *