
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका थप ३ जनालाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मन्त्रालयको जिम्मेवारी पाउनेमा कांग्रेस उपसभापति धनराज गुरुङ, मोहनकुमार बस्नेत र डिगबहादुर लिम्बु रहेका छन् । गुरुङ कानून न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उनीहरुलाई मन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई पत्र पठाइएको छ ।