बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक सुरु, सरकार विस्तारबारे छलफल

बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक सुरु, सरकार विस्तारबारे छलफल

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सहभागिता रहेको छ ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थिति छ ।

बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *