टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई प्रहरीले बुधबार बुटवलमा पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि बिहीबार काठमाडौं ल्याउने बताइएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उनीसहित बुवा टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सन्दीपमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको आरोप छ । प्रहरीले उनको नाममा काटिएको डेढ करोडको चेक बरामद गरिसकेको छ । उक्त प्रकरणमा गएको १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ परिसकेका छन् ।

प्रहरीले उनीहरुसँग लिएको बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ गरिसकेको छ ।

बुधबारै अदालतले बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ । बुधबारै टोपबहादुरका छोरा सन्दीप पक्राउ परे पनि टोपबहादुर र प्रतिक भने पक्राउ परिसकेका छैनन् । उनीहरुलाई प्रहरीले खोजी रहेको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *