साम्राज्यवादी अमेरिका भन्ने टोपबहादुर नै अमेरिका पठाउने धन्दामा !

साम्राज्यवादी अमेरिका भन्ने टोपबहादुर नै अमेरिका पठाउने धन्दामा !

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अर्घाखाँचीमा राम्रो पकड बनाएका रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि प्रहरीले दुई पूर्वगृहमन्त्रीविरुद्ध भने केहि बोलेको छैन् । तर, यस विषयले राजनीतिक वृतमा खैलाबैला भने मच्चिएको छ ।

राजनीति नीतिको पनि नीति हो । राजनीति सङ्लियो भने सबै क्षेत्र सफा रहन्छ । नेताहरु आदर्शवान र नैतिक बने भने समाज पनि सभ्य बन्छ । तर, पछिल्लो समय गुमाउरो शैलीमा देखिएको मानव तस्करीमा शीर्ष नेताहरुको संलग्नता देखिने गरि तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।

मुलुकको परिवर्तन र जनतालाई शाककबाट उन्मुक्ति दिलाउने भन्दै दश वर्षिय सशस्त्र द्वन्द्वमा सरिक भएका वर्तमान अवस्थामा एमाले सचिव तथा प्रतिनिधिसभा सांसद रहेका टोपबहादुर रायमाझीविरुद्ध नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारीले राजनीतिक क्षेत्र तरंगित छ ।

रायमाझी अर्खाखाँचीका जनताका प्रतिनिधि हुन् । जसले त्यहाँका जनताको आवाज संसद हुँदै सरकार समक्ष पु¥याउने अपेक्षा छ ।

अझं, अमेरिकी साम्राज्यवाद भन्दै द्वन्द्वमा होमिएका टोपबहादुरले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने काममा सघाउलान् भन्ने अपेक्षा कसैले गर्ला ? यो असम्भव प्रायः तथ्य हो । तर, उनै टोपबहादुरविरुद्ध आरोप पेचिलो छ ।

टोपबहादुरका छोरा सन्दीपको नाममा अमेरिका जाने प्रलोभनमा परेकाहरुको रकमको चेक खिचिएको प्रमाण प्रहरीले संकलन गरेको छ ।

जनस्तरबाट नै बाउछोरा नै तस्करी धन्दामा लागेको आरोप लाग्नु नै अक्षम्य अपराध भएको टिप्पणी हुन थालेको छ । तर, पक्राउ पुर्जी जारी भएपनि टोपबहादुर अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसहित विशेष अतिथिको रुपमा निर्वाध हिडिरहेका छन् ।

उनले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीवारे अनविज्ञता समेत प्रकट गर्दै आरोप अस्वीकार गरेका छन् ।

आरोप अस्वीकार गरेपनि टोपबहादुरको संलग्नता पुष्टी हुने आधार देखिएको भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिसकेको छ ।

उनीहरुमात्रै होइन नक्कली शरणार्थी प्रकरणमा अन्य भीआईपीहरु पनि पक्राउ पर्न थालेका छन् ।

उपराष्ट्रपति कार्यालयका सचिव समेत रहेका टेकनारायण पाण्डे प्रहरीमा आफै हाँजिर भएका छन् ।

पूर्वगृहसचिव रहँदा भट्टराईले लेनदेन गरेको आरोप प्रहरीको छ । यसमा को–को तानिन्छन् त्यो प्रहरी अनुसन्धानबाट खुल्दै जाला । तर, अमेरिकी साम्राज्यवाद भन्दै जनतालाई युद्धमा आउन अपिल गर्ने टोपबहादुर नै नक्कली शरणार्थी प्रकरणमा जोडिनु भनेको दलप्रति यक्ष प्रश्न नै हो ।

संसदको दोश्रो ठूलो दल नेकपा एमालेको सचिव तथा सांसद समेत रहेका टोपबहादुरलाई जोगाउन लाग्छ वा अनुसन्धानका लागि सहजता प्रदान गर्छ भन्ने विषय पनि अब चासोमा छ । यसअघि टोपबहादुरको नाम नलिई संसदमा कुरा उठेपछि एमालेले प्रतिवाद गरेको थियो ।

अब पक्राउ पुर्जी नै जारी भइसकेपछि के गर्छ त एमालेले ? त्यो भने हेर्न लायक हुनेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *