एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले रायमाझीलाई नक्कली भूटानी सरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा सामेल देखिएपछि पक्राउ पूर्जी जारी गरेको थियो ।

बुधबार नै प्रहरीले उनका छोरा सन्दीपलाई पनि पक्राउ गरिसकेको छ ।

सोही प्रकरणमा सामेल देखिएका कारण तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरुद्द पनि पक्राउ पूर्जी जारी गरि खोजी जारी राखिएको छ । तर उनी पक्राउ पर्न सकेका छैनन् ।

यस्तैगरी सोही प्रकरणमा सचिव टेकनारायण पाण्डे र तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *