एमालेले रवि लामिछानेलाई प्रधानमन्त्रीको कार्ड फाल्यो, तनावमा गठबन्धन

एमालेले रवि लामिछानेलाई प्रधानमन्त्रीको कार्ड फाल्यो, तनावमा गठबन्धन

काठमाडौं । आफ्नो समेत समर्थनमा प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले दिएको धोखाको चोट एमालेले अझै भुलेको छैन ।

त्यसैको बदला लिन एमाले पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रयासलाई जारी राख्न चाहन्छ ।

जसका लागि एमालेले अन्य दलहरुलाई फकाउने देखि विभिन्न कार्ड खेल्न थालेको चर्चा चुलिएको छ ।

स्थिरताको नारा सहित प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार गठन भएको ६ महिना बित्दा नबित्दै नयाँ सरकार गठनको खेल सुरु भएको छ ।

आफ्नो समेत समर्थनमा पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डबाट एमालेले धोका पाएको ठहर गरेको छ ।

यसकारण पनिएमाले जसरी हुन्छ गठबन्धन फुटाउने रणनितिमा छ । प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउन एमाले अध्यक्ष केपी ओली जुनसुकै तहको समझदारी गर्न तयार देखिन्छन् ।

सरकार परिवर्तनकै लागि एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका अन्य दलहरु फकाइरहेको चर्चा राजनीतिक बृतमा चलिरहेको छ ।

एमालेले गोप्य रुपमा गरिरहेका यस्ता प्रयासबाट प्रछण्ड पनि झस्किएका छन् । उपनिर्वाचनबाट अझ बढी सशक्त बनेर आएको रास्वपा प्रतिपक्ष कित्तामा उभिए आफुलाई अप्ठारो पर्ने देखेका प्रचण्ड रास्वपालाई सरकारमा सामेल गराउन लागि परेका छन् ।

रास्वपालई सरकारमा ल्याउन प्रचण्ड सक्रिय बनिरहेका बेला यता नेकपा एकिकृत समाजवादी भने चिढिएको छ ।

बुधबार नेकपा एसका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन भित्र आफ्नो दललाई उपेक्षा गरिएको भन्दै प्रचण्ड प्रति सार्वजनिक असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालको यो अभिव्यक्तिले प्रचण्ड नेतृत्वको सरकार धर्मराउने त होइन ? आशंका उब्जिएको छ ।

यसरी गठबन्धन दलभित्र खटपट चलिरहेका बेला भर्खरै चुनाव जितेर आएका जसपा अध्यक्ष उपेन्द्र यादव भने आफुहरु सरकारको स्थिरताको पक्षमा उभिने बताउँछन् ।

यता, रास्वपा सरकारमा गए तत्काल सत्तामा फर्किन गरेका अनेक प्रयास असफल हुने डर एमालेलाई छ । त्यसैले रास्वपालाई सरकारमा जान बाट रोक्न एमालेले विभिन्न कार्ड खेलिरहेको छ । यद्यपी, रास्वपाले सरकारबारे शुक्रबार मात्रै निर्णय लिने बताइसकेको छ ।

पार्टी गठनको एक बर्ष नबित्दै ठुला दलहरुको मुख्य चुनौति बनेर आएको रास्वपालाई आफ्नो कित्तामा तान्न विभिन्न प्रयासहरु हुन सामान्य हो ।

प्रयासहरु जे जस्ता भएपनि सत्ता गठबन्धनमा एमालेले तत्कालन राजनीतिक फेरो पल्टाउने सम्भावना भने कम देखिन्छ ।

राप्रपासँग ओलीले बढाएको दूरी र सत्ता गठबन्धनमा सहभागी दलहरुबीचको घुर्की सिथिल हुने देखिएका कारण पनि सरकारको स्थिरतामाथि प्रश्न उठेपनि अवस्था गन्जागोलमै रुमलिने देखिन्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *