न्याय चुस्त र दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकता : कानूनमन्त्री गुरुङ

न्याय चुस्त र दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकता : कानूनमन्त्री गुरुङ

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले कुनैपनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्नेकुरा निकालेर मात्रै अघि बढ्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताए ।

उनले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्नेकुरा पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे । उनले कुनैपनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने स्पष्ट पारे ।

उनले भने, ‘कुनैपनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिनेछ । कुनैपनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्नेकुरा निकालिनेछ । सुशासन, न्याय ढिला हुनेकुरामा प्राथमिकता हुनेछ, त्यसको अन्त्यका लागि प्रयास हुनेछ, म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढुनेछु । कानून बमोजिम सबै चल्नुपर्छ, कानूनभन्दा माथि कोही पनि हुँदैन। त्यही ढंगबाट अघि बढ्न सबैको सहयोग हुने विश्वास छ, त्यही अनुसार म काम गर्नेछु । कुनैपनि क्षेत्रको भ्रष्टाचारको सन्दर्भमा कसैलाई छुट हुँदैन । अदालतलाई निष्पक्ष, स्वतन्त्र, छिटो, छरितो चुस्त दुरुस्त बनाउनेछु ।’
कानूनमन्त्री गुरुङले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *