टाढिँदै प्रचण्ड–माधव, अलपत्र समाजवादी एकता

टाढिँदै प्रचण्ड–माधव, अलपत्र समाजवादी एकता

  • सुजन चालिसे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको सम्बन्ध चिसिँदै गएको चर्चा शुरु भएको छ ।

संघ देखि प्रदेशसम्मै सत्ता गठबन्धन र सरकारमा सहभागिताको सन्दर्भमा आफुलाई बेवास्ता गरिएको गुनासो माधवकोे छ । यसले दुई पार्टीबीच कार्यगत एकता र समाजवादी मोर्चा निर्माणको कसरतमा समेत अन्यौलता थपिएकोे छ ।

नेकपा कालमा केपी ओलीको विरोधि कित्तामा एकजुट भएका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको सम्बन्ध त्यसयताका थुप्रै राजनीतिक घटनाको सारथी बन्यो ।

नेकपा विभाजन, र त्यसपछि एमाले विभाजनमा एक अर्काको आधार बनेका प्रचण्ड र माधवबीचको सम्बन्धमा सुमधुरता थपिँदै गयो । तत्कालीन ओली सरकारलाई विस्थापित गर्न कांग्रेस नेतृत्वमा ५ दलीय गठबन्धन निर्माणमा उनीहरु मुख्य योजनाकार रहे ।

गठबन्धनमै रहेर सरकार निर्माण र निर्वाचनमा गएका प्रचण्ड माधव निर्वाचनपछि भने एकअर्काका प्रिय देखिएका छैनन् । हाल प्रचण्ड नेतृत्वको सरकारमा माधवको दल एकीकृत समाजवादी पनि सहभागि छ । तर सत्ता गठबन्धन र सरकारमा प्रचण्डसँगको असन्तुष्टी उनले सार्वजनिक रुपमै पोख्न थालेका छन् ।

प्रचण्ड माधवको हार्दिकतालाई पार्टी एकता वा कार्यगत एकतातर्फ नै अगाडी बढाउने तयारीमा दुई पार्टीहरु थिए ।

निर्वाचन अगाडी र निर्वाचन पश्चात पनि एमाले बाहेकको वाम एकता वा वृहत समाजवादी मोर्चाको निर्माण गरेर अगाडी बढ्ने पक्कापक्की जस्तो थियो । तर अहिले दुवै दलले त्यसलाई बेवास्था गरेका छन् ।

प्रचण्ड माधवबीचको सम्बन्ध धुमिल बन्दै जाँदा समाजवादी मोर्चाको विषय अलमलमा परेको छ । पुस १० मा प्रचण्ड नेतृत्वको सरकार बन्दा माधव समावेश भएनन् ।

हाल सरकारमा तीन मन्त्रालय दावी गरेको एकीकृत समाजवादीले २ मन्त्रालयमा चित्त बुझाएको छ ।

संघ देखि प्रदेशसम्मकै सरकारमा सम्मानजनक भूमिका नपाएको भन्दै उनले गठबन्धनमाथिनै धावा बोलिरहेका छन् । यसबारे बुधवारको गठबन्धनकै बैठकमा प्रधानमन्त्रीले माधवलाई सचेत नै गराएको बताइन्छ ।

नेकपा कालमा विद्रोहको सहयात्री बनेका प्रचण्ड माधव वर्तमान गठबन्धन निर्माणमा पनि उतिकै सक्रिय रहे । तर, प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड माधवसँग पहिले जस्तो उदार देखिन छाडेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *