टोपबहादुर फरार, ओलीले प्रधानमन्त्री प्रचण्डलाई फेरि भेटे

टोपबहादुर फरार, ओलीले प्रधानमन्त्री प्रचण्डलाई फेरि भेटे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले उग्र लिइरहँदा शीर्षस्थ नेताको दौडधुप भने बाक्लिएको छ । सोमबार संवैधानिक परिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छुट्टै भेटवार्ता गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रचण्डसँग पटकपटक भेटवार्ता जारी राखेका छन् । ओलीले नक्कली मान्छे मुछिनु नहुने भन्दै रायमाझीको बचाउ गर्दै आएका छन् ।

अदालतले यस प्रकरणमा मुछिएका रायमाझीलाई पक्राउ गर्न पुर्जी जारी गरिसकेको छ भने प्रहरीले रायमाझीलाई खोजिरहेको छ । तर, रायमाझी फरार छन् । प्रहरीले पक्राउ गर्न सकेको छैन ।

एमालेकै उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर बादलका छोरा प्रतिक थापा पनि यस प्रकरणमा मुछिएका छन् । छोरासँगै बुवा बादल पनि संलग्न रहेको आशंका बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई ओलीले एक्ला एक्लै पटक पटक भेट गरेका छन् ।

यस प्रकरणमा बालकृष्ण खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालगायत अन्यको नाम पनि मुछिएको छ । यस विषयमा अडियो सार्वजनिक भए पनि प्रहरीले ठूला माछा पक्रन सकेको छैन ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *