टोपबहादुरको निवासमा पुग्यो प्रहरीको टोली, तर फेला परेनन् टोपबहादुर

टोपबहादुरको निवासमा पुग्यो प्रहरीको टोली, तर फेला परेनन् टोपबहादुर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेयता फरार रहेका नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको निवासमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोली पुगेको छ ।

मंगलबार पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीको सातदोबाटोस्थित निवासमा प्रहरीको टोली पुगेर खानतलासी गरेको हो ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझी प्रहरीको सम्पर्कमा आउछु भने पनि नआएपछि प्रहरी एक्सनमा उत्रिएको छ । तैपनि रायमाझी फरार छ । शरणार्थी प्रकरणमा रायमाझीका छोरी सन्दीप भने पक्राउ परिसकेका छन् ।

अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीसहित यस प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

यस्तै, टोपबहादुरका छोरा सन्दीपका नाममा गिरोहले काटेको डेढ करोडको चेक प्रहरीले बरामद गरिसकेको छ । उक्त प्रकरणमा गएको १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ परिसकेका छन् भने यस प्रकरणमा मुछिएका बादलका छोरा प्रतिक थापा पनि प्रहरीको निगरानीमा छन् । तर, पक्राउ परिसकेका छैनन् ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *