बजेट छलफल : सांसद एकातर्फ, मन्त्री आफ्नै रटानमा

बजेट छलफल : सांसद एकातर्फ, मन्त्री आफ्नै रटानमा

  • सुश्मिता वानिया

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका लागि संघीय संसदका दुबै सदनमा प्री–बजेट छलफल जारी छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च नघट्ने बताएका छन् । तर, सांसदहरुले भने आगामी वर्षमा साधारण तथा सार्वजनिक खर्च घटाउनु पर्ने दबाब कायम रहेको बताएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि संघीय संसदका दुबै सदनमा प्री–बजेट छलफल जारी रहेको छ । सरकारले विनियोजन विद्येयकका सिदान्त र प्राथमिकतामा भने साधारण खर्च घटाउने कुनै पनि योजना समावेश गरेको छैन् । विनियोजन विद्येयकमाथिको छलफलमा सांसद विश्वप्रकाश शर्माले साधारण खर्च खारेज गर्नुपर्ने बताए ।

छलफलका क्रममा सांसद गोर्कण विष्टले पनि सार्वजनिक तथा साधारण खर्च घटाउनु पर्नेमा जोड दिएका छन् । उच्च स्तरिय पुनारवलोकन आयोगले सार्जवनिक खर्च कटौतीका विकल्पसहित पेस गरेको प्रतिवेदनलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ ।

यस्तै, सांसद उपेन्द्र यादवले आगामी बजेटमा सरकारले अनावश्यक खर्च साथै वर्खे विकासमा हुने अनुत्पादक खर्च कटौती गर्नुपर्नेमा जोड दिए । भ्यूटावर आवश्यक नरहेको बताएका सांसद डा. सीके राउतले बजेट मानव केन्द्रित हुनु पर्ने उल्लेख गरेका छन् ।

राष्ट्रिय सभामा विनीयोजन विद्येयक २०८० माथि उठेका प्रश्न माथि जवाफ दिँदै अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्ष अर्थतन्त्र मन्दीमा नजाने दाबी गरे । बजेट सिमिततामा ध्यान नदिदाँ अर्थतन्त्रमा समस्या आएको अर्थमन्त्री डा. महतको भनाइ छ ।

प्रि–बजेट छलफलमा सांसदहरुले खर्च कटौतिदेखि मितव्ययीताको विोषय उठाएपनि अर्थमन्त्री महतले भने आफ्नो प्रतिबद्धताबाट फर्किने बाटो नरहेको दाबी गरेका छन् । यसले अर्थतन्त्रलाई थप संकटमा लैजाने विषय समेत उठेपनि सरकारले के गर्ला ? यस्ता प्रश्न भने संसदमा उठिरहेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *