
- सुश्मिता वानिया
काठमाडौं । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि प्री–बजेट छलफलमा जुटिरहेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको विनीयोजन विद्येयक: सिदान्त र प्राथमिकता माथि छलफल भईरहँदा सांसद हर्कमाया विश्वकर्माले बजेटले दलितका कुनैपनि मुद्धालाई नछोएको बताएकी छन् ।
उनले हिजो मात्र धादिङ ज्वालामुखी गाँउपालिका ७ मा सालाबास माध्यमिक विद्यालयका छात्राले शुल्क बुझाउन नसक्दा प्राध्यापक बलराम इटनीले प्रवेश पत्र नदिदा १९ वर्षीय जितबहादुरले आत्महत्या गरेको विषयलाई उठान गर्दै सरकारले दलितलाई नछोएको बताएकी हुन् ।
सांसद विश्वकर्माले नेपालको विकास निर्माणमा जनसंख्याको १३ प्रतिशत दलितको पनि उत्तिकै भुमिका रहँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाइन् ।