प्रि–बजेट छलफलको आज अन्तिम दिन, संसदमा उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिने

प्रि–बजेट छलफलको आज अन्तिम दिन, संसदमा उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । आज प्रि–बजेटका बारेमा सांसदहरूले राखेका प्रश्नमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि–बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

प्रि–बजेटका बारेमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सासदहरुले उठाएका सवालको जबाफहरू भने मंगलवार नै दिइसकेका छन् ।

उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा प्रि–बजेटका बारेमा सदनमा छलफल भएको हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *