भ्रष्ट्राचारको विरोधप्रति बालेनको विरोध – ‘नाटकी नेताहरुलाई सिधै लगेर बागमतीमा चोपल्नुस्’

भ्रष्ट्राचारको विरोधप्रति बालेनको विरोध – ‘नाटकी नेताहरुलाई सिधै लगेर बागमतीमा चोपल्नुस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्ट्राचारविरुद्धको आन्दोलनका लागि सडकमा उत्रिएका नेताहरुको विरोध गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै जनताले मत दिएर नेता बनाएको तर आन्दोलनकर्ता बनाउनलाई होइन भन्ने टिप्पणि गरेका हुन् ।

उनले भनेका छन्, ‘तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन । सिधै कार्बाही गर्नलाई हो । सिधै कार्बाही गर्ने निती बनाउनलाई हो।’

उनले अघि भनेका छन्, ‘को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस।’

प्रमुख बालेनले नेताहरुको यस्तो नाटक धेरै देखेको भन्दै आफूले नपत्याउने टिप्पणी गरेका छन् ।

‘यस्तो सडक नाटक धेरै देखि सक्यो हाम्ले । पत्याउदिन म चही,’ उनले भनेका छन् ।

शनिबार काठमाडौंमा नागरिक समाजको अगुवाइमा भ्रष्ट्राचारबिरुद्द सडक आन्दोलन गरिएको थियो । सो आन्दोलनमा विभिन्न दलका नेता तथा निर्वाचित सांसदहरुको उपस्थिति थियो ।

उनीहरुले भ्रष्ट्राचारमा संलग्न ठूला दलका नेताहरुलाई नियान्त्रण गरेको भन्दै सरकारको समर्थन तथा प्रहरी प्रशासनको प्रशंसा गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *