फरार टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

फरार टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएयता फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो । रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

वैशाख २० मा अदालतले पक्राउ पुर्जी जारी गरेपछि गर्दा उपत्यका बाहिरको कार्यक्रममा देखिएका उनी त्यसयता फरार थिए । उनलाई पक्राउ गर्न सातदोबाटास्थित निवासमा प्रहरी गएको थियो । तर, उनी पक्राउ पर्न सकेका थिएनन् ।

यस प्रकरणमा पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, पूर्वसचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीपसहित १२ जना पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध आइतबार थप ४ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *