शरणार्थी प्रकरण : के सम्म हुनसक्छ अन्तर्राष्ट्रिय प्रभाव ?

शरणार्थी प्रकरण : के सम्म हुनसक्छ अन्तर्राष्ट्रिय प्रभाव ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय समुदायमै चर्चाको विषय बनेको छ । राजनीतिक र प्रशासनिक नेतृत्वनै भ्रष्टाचार र ठगी काण्डमा सरीक देखिएपछि विश्वसामु नेपालको छवी धुमिलिएको छ ।

यसले नेपालको परराष्ट्र सम्बन्धमाथि विश्वासनियतामा समेत असर पार्ने खतरा बढेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धुमिल बनाएको छ ।

हाल अमेरिका पुनस्थापना गर्ने योजना बनिरहेकोमा संयुक्त राज्य अमेरिकाले यसलाई स्वभाविक रुपमा चासोको विषय बनाएको छ ।

अमेरिकी गुप्तचर निकाय एफबिआईले यो विषयमा अनुसन्धान गरिसकेको विषय देउवा पत्नी आरजु राणा र माओवादी केन्द्रका सांसद माधव खतिवडाले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको सहयोगमा नेपालमा रहेका शरणार्थीहरु अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेन्मार्क, नेदरल्यान्ड्स र नर्वेमा पुनस्र्थापित भइसकेका छन् ।

हाल सार्वजनीक यो प्रकरणले विगत पनि यस्तै धोका भएको त थिएन भन्ने आशंका गरिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमा समेत यो विषयमा वहस हुन थालेको छ । यसले अन्तर्राष्ट्रिय जगतमै सरकारको विश्वासनियतामा गम्भिर धक्का लागेको जानकारहरु बताउँछन् ।

यता, नक्कली शरणार्थी बनाउने प्रयासप्रति संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर) ले गहिरो चिन्ता प्रकट गरेको छ ।

यूएनएचसीआरले नेपाल सरकारको अनुसन्धानलाई स्वागत गर्ने बताएपनि यसअघि पनि शरणार्थी पुनस्र्थापनाको सिलसिलामा बेइमानी भएको हुन सक्ने अनुमान अन्तर्राष्ट्रिय जगतले गरेको छ ।

अझ सरकारकै जिम्मेवार मन्त्रालयका अधिकारीहरु यसमा संलग्न हुनुले नेपाल सरकारकै प्रयासमा यस्तो गतिविधी भएको भन्दै प्रचार भएको छ ।

मुलुकको राजनीतिक र प्रशासनिक नेतृत्वनै भ्रष्ट्राचारमा डुबेको तथ्य बाहिरिँदा छिमेकी राष्ट्रदेखि विश्व समुदायमै नेपालको बेइज्जत भएको छ ।

यो प्रकरणले भारत, अमेरिका, भुटान लगाएत विगतमा शरणार्थीलाई पुनस्र्थापना गरिएका राष्ट्रहरुसँग नेपालको विश्वासनीयता लगभग गुमेको अवस्था छ । यसले ति राष्ट्रहरुसँगको परराष्ट्र सम्बन्ध कमजोर बन्ने निश्चित छ ।

यता वास्तविक भुटानी शरणार्थी समुह भने थप प्रभावित बनेको छ । नेपालमा यसलाई सामान्य ठगी र भ्रष्ट्राचार काण्डमा मात्र सीमित गर्न खोजिएपनि यसले अन्तर्राष्ट्रिय रुपमा मानव तस्करी र बेचविखनको रुप लिन सक्ने जानकारहरुले टिप्पणी गरेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *