नक्कली शरणार्थी प्रकरण : एकीकृत समाजवादी र राप्रपाले विरोध प्रदर्शन गर्दै

नक्कली शरणार्थी प्रकरण : एकीकृत समाजवादी र राप्रपाले विरोध प्रदर्शन गर्दै

काठमाडौँ । मुलुकमा भ्रष्टाचार चरम अवस्थामा पुगेको भन्दै विभिन्न राजनीतिक दलहरु नै विरोध प्रदर्शनमा उत्रिएका छन् । यसै सिलसिलामा आज नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि विरोध प्रदर्शन तथा सभा गर्दैछन् ।

एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध आज दिउँसो ३ बजे माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएको छ । सो प्रकरणका दोषीहरुलाई कडाभन्दा कडा सजायको माग गर्दै उसले विरोध प्रदर्शन गर्न लागेको हो । सो अवसरमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतको विशेष उपस्थिति रहने पार्टीले जनाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दैछ । विरोध सभा आज दिउँसो वसन्तपुरमा हुनेछ र सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्ने जनाइएको छ । उसले पनि पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दैछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *