
- फाइल तस्बीर
काठमाडौं । आजको प्रतिनिधिसभा बैठक बस्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भइरहेको छ ।
जारी बैठकमा आजको प्रतिनिधिसभाको बैठकमा हुने प्रधानमन्त्री र सांसदहरुबीचको प्रश्नोत्तरका विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्री र सभामुख बीच संसद भवन नयाँ बानेश्वरमे छलफल गरिरहेका हुन् ।
उनीहरुको छलफलका कारण ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साढे ११ बजेका लागि सारिएको जनाइएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदहरुले सोधेको प्रश्नको प्रत्यक्ष जवाफ दिने कार्यसूची रहेको छ ।
एक दिनमा १५ जना सांसदले मात्रै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउने संसद सचिवालयको नियमावलीमा उल्लेख छ ।