किन सुल्झिदैन मदन–आश्रित प्रकरण ? (भिडियो)

किन सुल्झिदैन मदन–आश्रित प्रकरण ? (भिडियो)

  • सितल रिजाल

काठमाडौं । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय मृत्यु भएको आज ३० वर्ष पुगेको छ ।

मदनकै विचार सिद्धान्तमा चलेको एमाले कयौं पटक सत्तामा पुगिसकेको छ ।

यो बीचमा एमालेले अत्याधिक जनमत सहितको लोकप्रिय सरकारको नेतृत्व पनि गरेको छ । तर, ३ दशक लामो समय वितिसक्दा पनि मदन–आश्रितको मृत्यु हुनेगरि भएको रहस्यमय घटनाको पर्दाफास भने अहिलेसम्म हुन सकेको छैन् ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु स्वभाविक दुर्घटनामा भएको थियो कि नियोजित हत्या ? त्यसको रहस्य आजपनि गर्भमै छ ।

आजभन्दा ३० बर्ष अगाडी मदन–आश्रितको रहस्यमयी मृत्यु हुनेगरि भएको दासढुंगा काण्डलाई दुर्घटनाको रुपमा स्विकार गर्न नेपाली राजनीति तयार छैन् ।

घटनाको ३ दशक बितिसक्दा पनि यसको दोषी को ? भन्ने प्रश्न अहिले पनि जिवितै छ । मदनको मृत्यु भएपनि एमालेले उनको आदर्श, विचार र सिद्धान्तलाई जनतामा लगेर ब्याज खाइरहेको छ ।

मदन पत्नी विद्यादेवी भण्डारी आफै पनि मन्त्री हुँदै दुई कार्यकालका लागि राष्ट्रपति नै बनिन् ।

व्यक्तिकै हिसावले पनि एमालेबाटै ४ जना प्रधानमन्त्री भएका छन् । तर, बिडम्बना कसैले पनि दासढुंगा हत्याकाण्डको छानबिनमा चासो दिएनन् । एमाले अध्यक्ष केपी ओलीले नै बारम्बार मदन भण्डारीको हत्या भएको बताउँदै आएका छन् । बुधबार ३० औँ स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दा पनि उनले सो कुरा दोहोर्याए ।

यता, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले एमाले मदनको विचारबाट स्खलित भएको आरोप लगाएका छन् ।
बुधबार मदन–आश्रित स्मृति दिवसमा सम्बोधन गर्दै नेपालले एमालेभित्र निति भन्दा नेता प्रधान भएको भन्दै ओलीप्रति कटाक्ष गरेका थिए ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई २०५४ सालदेखि एमालेले मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्दै आएको छ ।
एमालेले भण्डारिकै जबजलाई भर्याङ बनाएर बारम्बार सत्ता यात्रा पनि तय गरेको छ । तर, एमाले हिडेको पथ र जबज बिच निकै भिन्नता भएको प्रा.डा. राजकुमार पोखरेल बताउँछन् ।

मदन–आश्रित प्रकरणले नेपाली राजनीतिमा नेताको इच्छा शक्ति र गाम्भीर्यतालाई समेत देखाउन खोजेको छ ।

एमालेले देशको नेतृत्व ग¥यो । अझं, विद्यादेवी भण्डारी राष्ट्र प्रमुख नै बनिन् । तर, यो प्रकरणलाई सुल्झाउने बाटोमा भने कसैले लिएको देखिन्न ।

एकअर्कामा आरोप–प्रत्यारोपको श्रृङ्खला माथिल्लो तहमा पुगेपनि रहस्य खुल्न नसक्नु दुखद् विषय हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *