
- सितल रिजाल
काठमाडौँ । विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सांसदहरुका प्रश्नले घेरिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सेग्मेन्टको पहिलो दिन नै प्रचण्डमाथि प्रश्नैप्रश्न थुप्रिएका थिए । त्यसैले नै जवाफमा उत्रिए प्रचण्ड ।
कसले के सोधे ?
१. सरकारी स्कुलमा शिक्षाको गुणस्तर सुधार गर्ने र देशमै युवालाई रोजगारी सिर्जना गर्ने सरकारको नीति के छ ? (इश्वरीदेवी न्यौपाने)
२. शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धि बिषयलाई टुङ्गोमा पु¥याउन सरकार प्रतिवद्ध छ कि छैन ? (पूर्णबहादुर घर्ती)
३. लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार छ कि छैन ? छ भने कहिलेसम्म गर्छ ? (शिशिर खनाल)
४. पूर्व माओवादी लडाकुको नाममा भएको भ्रष्टाचार (क्यान्टोनमेन्ट घोटाला) छानबिन गर्न सरकार तयार छ कि छैन ? (ज्ञानेन्द्र शाही)
५. पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीको सामना गर्न सरकारको योजना के छ ? (पदम गिरी)
६ . जन्मसिद्ध नागरिकता प्राप्त गरेका बाबुआमाका छोराछोरीले कहिले नागरिकता पाउने ? नागरिकता विधेयक अगाडि बढाउन सरकार प्रतिवद्ध छ कि छैन ? (दीपक कार्की)
७ . नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका भीआईपीहरुलाई कारबाही दायरामा ल्याउने कि नल्याउने ? (मेटमणि चौधरी)
८. यसपाली किसानले समयमै मल र विउ पाउँछन् कि पाउँदैनन् ? (अनिता देवी)
९. टीकापुर घटनाबारे लाल आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न सरकार किन उदासिन छ ? (गंगाराम चौधरी)
१०. खोप विश्वविद्यालयको विधेयक पारित नभई विज्ञानमा आधारित अर्थतन्त्र कसरी हुन्छ ? (प्रेम सुवाल)
११. गौर हत्याकाण्डको छानविन के भइरहेको छ ? पीडितले न्याय पाउने कि नपाउने ? (प्रभु साह)
१२. नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट नै गर्नुपर्ने बाध्यता के हो ? (चित्रबहादुर केसी)
१३. २०६३ पछिका ठुलाठुला भ्रष्टाचारका काण्डको छानविन कहिलेदेखि हुन्छ ? (अमरेशकुमार सिंह)
सासंदसँग यसरी प्रत्यक्ष सवालजवाफ गर्ने प्रचण्ड पहिलो प्रधानमन्त्री हुन् । उनको यस अभियानले जनताका समस्या प्रत्यक्षरुपमा सरकार प्रमुखसँग पुग्ने र सांसदहरुले पनि आफ्नो क्षेत्रका जनताका लागि आवाज उठाउँदै जवाफ पनि सजिलै पाउने मौका पाएका छन् । जनताको सहज पहुँचका लागि सरकारको यस कदमको प्रशंसा नै भइरहेको छ ।
भिडियाे-