माओवादीले राज्यमाथि खुलेआम लुट र डकैती गरेकै हो – एमाले

माओवादीले राज्यमाथि खुलेआम लुट र डकैती गरेकै हो – एमाले

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले माओवादीले राज्यमाथि खुलेआम लुट र डकैती गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक संजालमा स्टाटस लेख्दै खुलेआम लुट र डकैती गरेकोलाई माओवादीहरुले भ्रष्ट्राचार गरेको भन्न मिल्छ र ? भन्ने लागिरहेको होला भन्दै आशंका व्यक्त गरेका छन् ।

‘हो नि लुकेर गरेको भए पो भ्रस्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र ?,’ उनले लेखेका छन् ।

यी सब हुँदा हुँदैपनिनेपाली जनताले शान्तिका नाममा सबै कुरालाई आजसम्म सहदै आएको कुरा नै सत्य भएको उनले टिप्पणी गरेका छन्।

उनले थप भनेका छन्, ‘लडाकु शिविर प्रकरणमा ७–८ हजारको हाराहारीमा रहेको लडाकुहरुलाई ३२–३३ हजार पुर्याएको कुरा प्रचण्ड आफैले हुंकारका साथ बोलेको अडियो सामाजिक संजालमा सुरक्षित छ। वास्तविक लडाकु ७–८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीवाट बाहिरिएका धेरैले बोल्ने गर्दछन् ।
शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोरेर राख्नेगरेको कुरा त्यहावस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउदै आएको कुरा हो। अनमिनले प्रमाणिकरण गरेकाहरु मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यवाट ठुलो रकम प्राप्त गरेकै हुन्।’

माथिका सबै तथ्यहरुवाट राज्यले कति अनुचित आर्थिक भारवोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई वुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा नभएको महासचिव पोखरेलले बताएका छन् ।

यी सबै हुँदा हुँदैपनि प्रचण्डहरु अझै पनि ठूलो स्वरमा हुंकार दिइ नै रहेको र कुनै भ्रष्टाचार तथा अनियमितता नभएको भन्दै हिडिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सांसदहरुलाई जवाफ दिँदै लडाकु प्रकरणमा घोटला भएको पाइए आफू जेल जान तयार भएको बताएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *