सरकार ढालिदिन सक्ने माधव नेपालको चेतावनी

सरकार ढालिदिन सक्ने माधव नेपालको चेतावनी

सिन्धुली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढाल्ने चेतावनी दिएका छन् । संसद्‍मा आफ्नो पार्टीको सिट संख्या कम भनेर आफूहरुलाई अवमूल्यन गर्ने हो भने आफूले चाहेमा सरकार ढालिदिनसक्ने उनको भनाइ छ ।

आज (शनिबार) सिन्धुलीमाडीमा आयोजित पार्टीको सातौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले आफ्नो पार्टीलाई कम नआँक्न चेतावनी दिएका हुन । सत्ता गठबन्धनले आफूहरुलदाई थोरै सिटको पार्टी भनेर हेप्न नहुने उनको भनाइ थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले आफू अहिले संघीय संसदमा चौथो ठूलो दल रहेको बताए । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै सिट संख्या जोड्दा आफ्नो चौथो शक्ति रहेको उनले जिकिर गरेका हुन् । पार्टी स्थापनाको दुई वर्ष भएको र आकारमा सानो भए पनि देशैभरि संगठन फैलाइरहेको उनले बताए ।

सिट संख्या बढी भएर मात्र नहुने भन्दै उनले नेकपा एमालेलाई कटाक्ष समेत गरे । धेरै सिट भएर पनि एमालेले सरकार जोगाउन नसकेको र प्रदेसहरुमा पनि सरकार ढल्दै गएकोतर्फ उनको कटाक्ष थियो । साथै एमाले अध्यक्ष केपी शर्मा ओली अहंकारी र घमण्डी भएको उनको आरोप थियो । त्यही भएर आफूहरुले पार्टीबाट विद्रोह गर्नुपरेको र एमालेको सरकार टिकाउन समेत नसकेको अध्यक्ष नेपालले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *