शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्ण खाँणसहित १६ जनालाई म्याद थपका लागि लगियो अदालत

शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्ण खाँणसहित १६ जनालाई म्याद थपका लागि लगियो अदालत

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पुनः अदालतसँग म्याद थपका लागि अनुमति माग्न रायमाझी र खाँणसहित १६ जनालाई नै अदालत उपस्थित गराएको हो ।

अहिले पुनः म्याद थपेर हिरासत राख्न अनुमति माग्ने तयारी भएको बताइएको छ । यस प्रकरणमा हालसम्म भीआईपीतर्फ सांसदसमेत रहेका रायमाझी, उनका छोरा सन्दीप रायमाझी खाँण, नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई रहेका छन् ।

प्रहरीको सूचीमा अझै १६ जना फरार छन् । आइतबार प्रहरीले ३२ जना आरोपीविरुद्ध २६ करोड ८८ लाख ७५ हजार रुपैयाँ विगो दावी गरेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *