अनियन्त्रित दोहन रोक्न नगरप्रमुख अजय थापाको छड्के अनुगमन  २ जेसिबी  नियन्त्रणमा  ।

अनियन्त्रित दोहन रोक्न नगरप्रमुख अजय थापाको छड्के अनुगमन  २ जेसिबी  नियन्त्रणमा  ।


कपिलवस्तु ८ जेठ ।

मापदण्डविपरीत नदीजन्य पदार्थ अनियन्त्रित दोहन गरिरहेका दुई जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका–९ शिवगढी भक्रम खोलाको ठेक्का लिएको राधारोशन निर्माण सेवाले अनियन्त्रित दोहन गर्दै आएको स्थानीय दाबी छ ।

स्थानीय गुनासोपछि अनुगमन क्रममा नगरप्रमुख अजय थापाले अनियन्त्रित दोहन भइरहेको फेला पारेको बताए । सुरक्षाकर्मीसहितको टोलीले अनुगमन क्रममा लु१क ३३५३ र लु१क ४७७८ नम्बरको जेसिबीले उत्खनन गरिरहेको अवस्थामा फेला परेको हो ।

खोलामा अनियन्त्रित दोहन भएको पाइएकाले आवश्यक कारबाही प्रक्रिया अघि बढाइने नगरप्रमुख थापाले जानकारी दिए । २७ मंसिर २०७९ मा पालिकाले सूचना प्रकाशित गरी २५ लाख ५१ हजार १ सय ५१ ठेक्का लागेको थियो ।

८ हजार ८५ दशमलव ६० घन मिटर नदीजन्य पदार्थ निकाल्न पाउनेगरी ठेक्का लागे पनि ठेकेदार कम्पनीले त्यसको दोब्बरतेब्बर माल निकासी गरिसकेको स्थानीय बताउँछन् । आगामी ३२ जेठमा ठेक्का अवधि सकिने भएकाले ठेकेदार कम्पनीले अनियन्त्रित दोहन झनै तीव्र पारेको पाइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *