जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् ।

जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको निर्वाचन समितिको बैठकमा संसदीय दलको नेतामा यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

उनका अनुसार जसपा केन्द्रीय कार्यकारिणी समितिले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

मिथिलेस सिंहको नेतृत्वमा रहेको समितिमा दीपेन्द्र झा र अर्जुन थापा सदस्य रहेका थिए। सोही समितिले सोमबार जसपा संसदीय दलको कार्यालयमा निर्वाचनसम्बन्धी बैठक बोलाएर उक्त बैठकले सर्वसम्मतिबाट अध्यक्ष यादवलाई दलको नेता चयन गरेको सो पार्टीले जनाएको छ । संसदीय दलको नेता चयन भएका यादव गएको वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट सङ्घीय सांसदमा निर्वाचित थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *