काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले गणतन्त्रको विरोध गर्ने उच्च पदस्थलाई कारबाही गर्न माग गरेका छन् ।
संसद बैठकमा महासेठले विदेशमा गएर कतिपय उच्च पदस्थ व्यक्तिले नै गणतन्त्रको विरोध गरेको आफूले सुनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
गणतन्त्रको विरोधमा विदेशीसँग छलफल गर्नेलाई कारबाही गर्न माग गरेका महासेठले मुलुकको शासनविरुद्ध षडयन्त्र गर्नेहरुको सुविधा खोस्नुपर्ने माग गरेका हुन् ।’
केही भीभीआईपीहरुले गणतन्त्रको विरुद्धमा, व्यवस्थाको विरुद्धमा विदेशी भूमिमा गएर, विदेशीहरुसँग छलफल गरिरहेका छन् । यदि यो कुरा यथार्थ हो भने सरकारलाई अनुरोध गर्न चाहन्छु– त्यस्ता भीभीआईपीहरु जो गणतन्त्रको विरुद्धमा विदेशमा गएर षड्यन्त्र गरिरहेका छन् त्यस्ता भीभीआईपीहरुको सुविधाहरु खोस्नुपर्छ ।’ महासेठले भनेका छन् । तर, कुन देशमा कसले यस्तो कुरा ग¥यो भन्ने विषय भने उनले खुलाएका छैनन् ।
प्रदेशको नाम खोलानालाबाट सह्य हुन्नः उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार संघीयता कार्यान्वयनमा उदासिन देखिएको भन्दै असन्तुष्टी पोखेका छन् ।
संघीयताको संरचनामा मै त्रुटी भएको बताएका उपेन्द्रले यसलाई सुधार गर्नुपर्ने माग राखेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रदेशको नामाकरण खोलानाला र खोल्साहरुबाट गरिएको भन्दै आक्रोस व्यक्त गरे ।
पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा मात्रै नामाकरण गर्नुपर्ने उनको जोड थियो ।
यस्तै, उनले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने दाबी गरेका छन् । राष्ट्रिय योजना आयोगको कुनै काम नभएको उल्लेख गर्दै यसले खर्च मात्रै बढाएको उनको दाबी छ ।
उपेन्द्रले आयोगको ठाउँमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गर्न सुझाव दिए ।
नीति तथा कार्यक्रम संघीयता कार्यान्वयन गर्नेगरी नआएको पनि बताएका उनले नीति तथा कार्यक्रमले संघीयता विरोधी भाव बोकेको उनको भनाई छ ।
मृत्युबाट फर्किएका चन्द्र भण्डारीको गम्भीर सुझाव
ग्यास लिक भई गम्भीर घाइते भएर मृत्युको मुखबाट फर्किएका सांसद चन्द्र भण्डारीले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् ।
जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताएका हुन् ।
उपचार जारी रहेको देखिने गरि संसदमा उपस्थित भएका उनले विज्ञान प्रविधिको तीब्रत्तर विकासलाई आत्मसाथ गर्नुपर्ने जिकिर गरेका छन् ।
अबको तीस वर्षपछि विश्वमा मानिसको दिमागमा चिप रहने र एलियनसँग कुराकानी गर्ने शक्ति प्रदान हुने उनको दाबी छ ।
नेपाल विशाल अनुभव र ज्ञानको खानी रहेको उल्लेख गरेका उनले आलोचना, लोभ, रिस लगायत सबै त्याग्नुरपर्ने उनको भनाई थियो ।
विश्वमै युद्धलाई उदाहरणीय शान्तिमा ल्याउने देश नेपाल भएकाले संस्कृतिसहितको प्रतिनिधित्व संघीयतामा हुनुपर्ने उनको तर्क छ ।
१०.राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रहेको सामाचारहरु आएको भन्दै छानबिन गर्ने कि नगर्ने भनी उनले प्रश्न गरेका हुन् ।
आइजीपीविरुद्ध समाचारहरु आएको दाबी गरेका शाहीले ठूला तीन दलले खुसुखुसु गरेर मुद्दा कमजोर पार्ने षडयन्त्र भएको आरोप लगाएका छन् ।
शरणार्थी प्रकरणको मुद्दामा गम्भीर बन्न अपिल गरेका उनले नाम जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउन माग समेत गरेका छन् ।
आइजीपी कुँवरले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित भीआइपीहरुलाई जोगाउन प्रयास गरेको समाचारहरु बाहिरिएपछि यो विषयले संसदमा प्रवेश पाएको छ ।
यता गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेरै यो विषयमा चासो राखिसकेका छन् ।
प्रहरी आईजीपीलाई निलम्बन गरेर छानविन गर्न ज्ञानबहादुर शाही माग
सुत्केरीको मृत्युपछि जिल्ला अस्पताल सिन्धुलीमा तनाव
सिन्धुलीको जिल्ला सदरमुकाम सिन्धुली माढी बुधबार दिनभर जसो तनावग्रस्त बन्यो ।
मंगलबार साँझ ७ बजे देखि तनावग्रस्त बनेको सिन्धुली जिल्ला अस्पतालको लापरवाहीले गर्भवतीको ज्यान गएको भन्दै तनावग्रस्त बनेको भएको हो ।
दोश्रो सन्तानको जन्म दिन जिल्ला अस्पताल सिन्धुली पुगेकी कमलामाई नगरपालिका वडा नं. ५ की २९ वर्षीया गंगा गुरुङ श्रेष्ठको मृत्यु भएपछि सिन्धुलीको सदरमुकाम सिन्धुली माढी आज दिनभर तनावग्रस्त बनेको हो ।
अस्पतालको विगतको गतिविधि प्रति पनि स्थानीय आक्रोसित बनेका थिए ।स्थानीयले अस्पतालमा ढुङ्गा प्रहार गर्दा अस्पतालामा ठुलो क्षेती भएको छ ।
प्रहरी र स्थानिय पिडीतहरुको पटक पटक झड्प भएको थियो । मृतकका आफन्त अस्पताल प्रशासन र जिल्ला प्रशासन कार्यालयको ३ बुधे सहमती पछि शबको पोष्टमार्टम भएको छ ।
अस्पतालको आचरण सुधार गर्ने, प्रदेश स्तरिय छानविन समिति गठनका लागि आग्रह गर्ने लगाएतको सहमती भएको बताइएको छ ।
चिकित्सकले गलत औषधी प्रयोग गरेका कारण यस्तो भएको पिडित पक्षको भनाई छ ।
आईसीसीले अपमान गरेको भन्दै क्यानको पत्र
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको लागि मंगलबार समूह विभाजन र खेल तालिका सार्वजनिक गर्दै वार्म अप म्याचको तालिकामा नेपाललाई अपमानजनक व्यवहार गरेको पाइएको छ ।
सार्वजनिक तालिकामा नेपालको मात्र टेष्ट राष्ट्रसँग वार्म अप म्याच नराखिएको पाइएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पत्र लेख्दै यसलाई सच्याउन आग्रह गरेको छ । आइसीसीले यसबारे जवाफ नदिएको क्यानले बताएको छ ।
हरेक टिमले दुई–दुई वार्म अप म्याच खेल्ने तालिका छ । तर एसोसिएट राष्ट्रहमध्ये नेपालले मात्र टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने भएको छ ।
नेपाल बाहेक अन्य पाँच राष्ट्रले टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्ने तालिका हुँदा नेपालले भने एसोसिएट राष्ट्र ओमान र यूएइसँग मात्र वार्म अप म्याच खेल्ने तालिका छ ।
त्यसैले टेष्ट राष्ट्रसँग नेपालको वार्म अफ म्याच नराखिएको भन्दै नेपाल क्रिकेट संघ क्यानले आईसीसीलाई ध्यानाकर्षण गराएको छ ।




