जलहारीको विषयमा सांसदले बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति, संसद बैठक सुचारु हुने

जलहारीको विषयमा सांसदले बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति, संसद बैठक सुचारु हुने

काठमाडौँ । सांसद लेखनाथ दाहालले संसदमा एमालेले पशुपतिनाथमा सुनका साटो पीतल प्रयो गरेर भ्रष्ट्राचार गरेको भनेर दिएको अभियव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ ।

आज सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सांसद दाहालले जलहरी प्रकरणबारे बोलेको रेकर्ड हटाउने सहमति भएको हो ।

हिजो बसेको संसद बैठकमा सांसद दाहालले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपतिको जलहरीका नाममा भ्रष्ट्राचार गरेको अभिव्यक्ति दिएपछि एमालेले सांसद अवरोध गरेको थियो ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरीको विषय केपी ओलीसँग सम्बन्धित नभइ पशुपति विकास काषको भएको बताएपछि एमाले संसद चलाउन सहमतिमा आएको हो ।

आजको संसद बैठकमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

उनले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *