नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट यसअघि नै पारित भइसकेको थियो ।

राष्ट्रिय सभाको जेठ ९ गते मंगलबारको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो । प्रतिनिधिसभामा सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नहरूको जवाफ शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएका थिए ।

प्रधानमन्त्रीले सबै सांसदहरूलाई एकमत भएर नीति तथा कार्यक्रमको पक्षमा उभिन आग्रह गरेका थिए । त्यसपछि सांसदहरूले प्रधानमन्त्रीलाई स्पष्टिकरण सोधेका थिए ।

स्पष्टीकरणका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि नीति तथा कार्यक्रममा दर्ता भएका संशोधन प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।

त्यस क्रममा सत्तारुढ सांसदहरुले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिए भने एमालेसहित विपक्षी दलका सांसदहरुले राखेको संशोधन प्रस्ताप बहुमतले अस्वीकृत भएको थियो ।

नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्दा सत्तारुढ गठबन्धनका सांसदहरुले समर्थन गरेपछि बहुमतले पारित भएको हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *