निषेधाज्ञा लगाएर आजदेखि कोसी प्रदेशको बजेट अधिवेशन सुरु हुँदै

निषेधाज्ञा लगाएर आजदेखि कोसी प्रदेशको बजेट अधिवेशन सुरु हुँदै

विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक आज बस्दैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो २ बजेलाई प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।

दोस्रो अधिवेशनको सुरुवातमा सामान्यतया बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र दलहरुले आफ्नो मन्तव्य दिने विगतको परम्परा रहेतापनि यसपटक पहिलो बैठकमै प्रदेश सभा सदस्यहरुलाई बोल्नका लागि शून्य समय दिइनेछ ।

आजको बैठकमा शून्य समयपछि प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, अघिल्लो प्रदेश अधिवेशनमा छलफल भएर पारित हुन बाँकी रहेको प्रदेश ऐनमा प्रदेशको नाम संसोधन गर्न वनेको विधेयक २०७९ निर्णयार्थ पेश हुने जनाइएको छ ।

प्रदेशसभाको बैठक बस्ने भएपछि प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशसभा घेराउ गर्ने घोषणा गरेको छ ।

आन्दोलनरत पहिचानवादीको संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

पहिचानवादीको आन्दोलनका कारण सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गरी प्रशासनले विराटनगरका विभिन्न ठाउँमा निषधाज्ञा लगाएको छ ।

कोसी प्रदेशसभा आसपासको क्षेत्रमा शनिबार अपरान्हदेखि नै सुरक्षाकर्मीले सडकमा बेरियर राखेर आउजाउ गर्न रोक लगाएको छ ।

गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले कोसी नामकरण गरेपछि पहिचानवादी आन्दोलनमा छन् ।

आन्दोलनरत पक्षले ‘पहिचानको लागि युवा’ समूह गठन गरी शुक्रबार मार्चपास समेत गरेको छ । आज हुने तेस्रो चरणको आन्दोलन फरक हुने पहिचानवादीले बताउँदै आएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *