१६५ निर्वाचन क्षेत्रका जनताको अपेक्षा पूरा गर्नका लागि सांसद विकास कोष ब्युँतायौँ : अर्थमन्त्री महत

१६५ निर्वाचन क्षेत्रका जनताको अपेक्षा पूरा गर्नका लागि सांसद विकास कोष ब्युँतायौँ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोषको व्यवस्थाले १६५ निर्वाचन क्षेत्रका जनताको अपेक्षा पूरा गर्न मद्दत गर्ने भएकाले ब्युँताएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट प्रश्तुत पछि सांसद भवन बाहिर सञ्चार कर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले सरकारले ठूला बजेट छुट्याए पनि निर्वाचन क्षेत्रका जनताको अपेक्षाका आयोजनाहरु नसमेटने भएकाले सांसद विकास कोष ब्युँताएको बताए । उनले सांसद विकास कोषमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रकम विनियोजन गरिए पनि बजेटको कार्यान्वयन सम्बन्धित निकायले कार्यान्वयन गर्ने बताए ।

उनले भने,‘१६५ निर्वाचन क्षेत्र छन । त्यहाँका पनि जनताको अपेक्षाहरु छन् । ठूला–ठूला आयोजनाहरु परेका छन् । सबै आयोजनाहरुले सबै क्षेत्रमा कभर नगरेको पनि हुनसक्छ । यो सरकारी जुन नियमित संयन्त्र हो । त्यही संयन्त्रले नै कार्यान्वयन गर्छ । सांसदहरुको त्यहाँ निर्वाचन क्षेत्रका जनताको अपेक्षालाई मध्यनजर राखेर सिफारिस गर्ने जिम्मा हुन्छ । जनताबाट नै चुनिएर आएका प्रतिनिधि हुन् । उहाँहरु माथि हामीले त्यति ठूलो अविश्वास गर्न मिल्दैन । यसको कार्यान्वयन फुटकरमा हुँदैन । १ करोड भन्दा सानो आयोजना हुँदैन । आयोजनाको सम्बन्धित निकायले कार्यान्वयन गर्छ । सांसद विकास कोषले १६५ क्षेत्रमा नै समानुपातिक विकास गर्न मद्दत गर्छ ।’

उनले निर्वाचन क्षेत्रका सांसदहरुको कार्यभार जनताको अपेक्षा अनुसारका योजना सिफारिस गर्ने मात्रै भएको बताए । उनले जनताले निर्वातन मार्फत चुनिएका प्रतिनिधिहरुलाई अविश्वास गर्न नमिल्ने बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *