हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गरेन : ओली

हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गरेन : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन् ।

पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको जिकीर गरेका हुन् । उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको तर्क समेत गरे । ढिलो होइन, छिटो विकास गर्नका लागि आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको उनले बताए

‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरु कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैन,’ उनले भने, ‘ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन । भन्न सक्दैन । समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि यो एउटा खरवपति र अर्को चाँही मजदुर उनीहरु दुई वटाको सम्पत्ति मिलाउँदाखेरी एउटाले बार्षिक ४० अर्ब मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०÷२० अर्व कमाएको देखियो नि त । कमाएको एक जनाले मात्रै हो । एभरेजमा त्यस्तो देखिए पनि बढि त गरिव छ नि । त्यसकारण त्यो रियल डेटा होइन । हामीले गर्न खोजेको मानव विकास हो । समाजको विकास हो । र, सिंगै समाजलाई माथि उठाउने हो । र, मानव समाजलाई मानव बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकास । ढिलो होइन, छिटो विकास ।’

अध्यक्ष ओलीले गरिवी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताए । विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिवी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उनले स्पष्ट पारे ।

‘अव हामीले भोकमरीको अन्त्य गर्नु छ । र, गरिवी निवारण गर्नुछ । सबभन्दा फाष्ट डेभलपमेन्ट कसरी हुन्छ त भन्दाखेरी हाम्रो १७÷१८ प्रतिशत पपुलेशन अझै पनि गरिवीको रेखामुनि छ,’ ओलीले भने, ‘त्यसकारण त्यो पपुलेशन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन । पेटको बारेमा मात्रै सोच्छ । पेटको बारेमा सोच्नुनपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्दछ । त्यसकारण रुपान्तरणका लागि टेक्नोलोजी । साईन्सलाई प्रविधिमा कसरी रुपान्तरण गर्ने भन्ने हो । त्यसकारण हामी गरिवीबाट मुुक्त हुनु, भोकमरीबाट मुक्त हुनु एकदमै जरुरी छ । र, सिंगै पपुलेशनलाई गर्न जरुरी छ । हामी यो साईन्स एण्ड टेक्नोलोजीको बारेमा किन चर्चा गरिरहेका छौं ? सबै खालको विकासका लागि यसको जरुरी छ । यो पनि छिटो गरिवी अन्त्य गरांै । र, सम्पूर्ण पपुलेशनलाई अगाडि बढाऔं भनेर ।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *