
नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरेकी छन् । प्रम प्रचण्ड भारत ओर्लिदा पनि उनैले स्वागत गरेकी थिइन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । भ्रमणकै क्रममा उनले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरे । साथै मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन पनि गरे ।
भ्रमण सकेर उनी आज (शनिबार) इन्दौरबाट नयाँदिल्ली हुँदै काठमाडाैँ फर्किएका हुन् । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए ।
