रोल्पा : गाउँपालिकाले सम्मान गर्यो उत्कृष्ट किसानहरुलाई

रोल्पा : गाउँपालिकाले सम्मान गर्यो उत्कृष्ट किसानहरुलाई

रोल्पा । रोल्पामा उत्कृष्ट किसानहरुलाई एक गाउँपालिकाले सम्मान गरेको छ। रोल्पाको रुन्टीगढी गाउँपालिकाले शुक्रबार एक कार्यक्रमकाबीच स्थानीय उत्कृष्ट कृषकहरुलाई सम्मान गर्दै पुरस्कृत गरेको हो।

रोल्पाको रुन्टिगढि गाउँपालिकाको होलेरी बजारमा संचालन भैरहेको तेस्रो होलेरी व्यपार तथा सास्कृतिक महोत्सवमा २०८० मा राखिएको कृषि उपज तथा प्रबिधि प्रदर्शनी मेलामा सहभागी भएकामध्ये उत्कृष्ट कृषकहरु पुरस्कृत गर्दै सम्मान गरेको हो।

उक्त कार्यक्रममा रुन्टीगढी गाउँपालिका भरिका ४५ जना कृषकले आफुहरुले उत्पादन गरेका विभिन्न फलफूल, अन्नबाली, तरकारी लगायतका कृषि उपजहरु प्रदर्शन गरेका थिए ।

प्रदर्शनी मेलामा सहभागी २२ जना कृषकहरु लाई छनौट गरि पुरस्कृत गरिएको थियो । कृषकहरुले उत्पादन गरेको उपजको स्वस्थता,तौल,आकारको आधारमा कृषकहरु लाई छनौट गरिएको थियो ।

उत्कृष्ट कृषकहरु लाई रुन्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुन्ले नगद रकम तथा प्रमाणपत्रले सम्मान गरेका थिए भने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डागिले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

पछिल्लो समयमा गाउँ घरमा रहेका युवाहरुको कृषि पेशा प्रती घटदो आकर्षण लाई बढवा दिनका लागि कृषि प्रदर्शनी मेला कार्यक्रम गरिएको रुन्टिगढि गाउँपालिका अध्यक्ष जनक पुनले बताएका थिए ।

रुन्टीगढी गाउँपलिकाको आयोजना तथा रुडास नेपाल रोल्पा द्वारा संचालित गोल द्रोस्रो परियोजना, डिकोस रोल्पाद्वारा संचालित समुन्नति परियोजना, नेपाल एग्रोभेट सेन्टर होलेरी रोल्पाको व्यवस्थापकीय सहयोगमा सम्पन्न भएको प्रदर्शनी मेलाको सहजिकरण गाउँपालिका स्थित कृषि शाखा प्रमुख हिमा पुनले गरेका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *