प्रचण्डको भारत भ्रमणमा दिइएको मुर्रा भैँसी, जसले दैनिक ३० लिटर दुध दिन्छ

प्रचण्डको भारत भ्रमणमा दिइएको मुर्रा भैँसी, जसले दैनिक ३० लिटर दुध दिन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतले मुर्रा भैँसी दिने भएसँगै अहिले यसको चर्चा चुलिएको छ ।

आलोचनात्मक र सकारात्मक दुवै कोणबाट भइरहेको यो चर्चाकाबीच मुर्रा कस्तो प्रजातिको भैँसी हो भनेर आम मानिसमा जिज्ञासासमेत जागिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डको ४ दिने भारत भ्रमणमा भारतले नेपाललाई १५ ओटा मुर्रा भैँसी दिने भएको हो । खासगरी यो प्रजातिको भैँसी दुधका लागि पालिने मध्ये सबैभन्दा उन्नत जात मानिएको छ ।

विशेषत यो भारतको पञ्जावमा प्रख्यात रहेको एक प्रकारको उन्नत जातको भैँसी भएको र यसलाई पछिल्लो समय भारतै विभिन्न राज्यमा समेत पालिँदै आएको छ ।

यस प्रकारको भैँसीलाई हरियाणी ‘ब्ल्याक गोल्ड’ अर्थात् कालो सुन पनि भनेर चिनिन्छ । मुर्रा भैँसीले एक दिनमा १५ देखि ३० लिटरसम्म दूध दिने बताइन्छ । तर यसको स्याहारका लागि भने विशेष ध्यान दिनुपर्ने हुन्छ । आहारा अनुसार दुध दिने मात्रा पनि निर्धारण गर्ने बताइन्छ ।

जानकारहरुका अनुसार मुर्रा भैँसीले दैनिक पाँच किलो ओटमिल र दुई किलो कपासको तेल खाने गर्दछ ।

यो प्रजातिको भैँसी अहिले भारतमा प्रतिदर सामान्यतय ९० हजारदेखि डेढ लाख आईसी पर्ने गरेको छ ।

शारीरिक रुपमा छोटा खुट्टा हुने दूध धेरै दिने सानो मुर्रा जातका भैँसी मासुका लागि पनि प्रयोगमा ल्याइन्छ ।

यसलाई नेपालको विभिन्न क्षेत्रमा पनि पालिँदै आएको थियो । तर पछिल्लो समय खरिदकर्ताको सङ्ख्या बढेपछि लोप हुने अवस्थामा छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *