प्रतिनिधिसभाको बैठकमा आजदेखि सरकारको आगामी वर्षको बजेटमाथि छलफल

प्रतिनिधिसभाको बैठकमा आजदेखि सरकारको आगामी वर्षको बजेटमाथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजदेखि सरकारको आगामी वर्षको बजेटमाथि छलफल हुने भएको छ ।

अर्थमन्त्री डाक्टर प्रकाशरण महतले यही १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८०\८१ को बजेटमाथि आजदेखि तीन दिनसम्म छलफल हुन लागेको हो ।

छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा अर्थमन्त्री महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सामान्यतया बजेट पेश भएको एक दुई दिनमै संसदमा बजेटमाथिको छलफल प्रारम्भ हुन्छ । तर यसपटक भने बजेट पेश भएको ६ दिनपछि मात्रै छलफल सुरु हुन लागेको हो ।

गत बुधबार ४ दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ फर्किएका थिए ।

प्रधानमन्त्री प्रचण्ड भारतबाट फर्किएपछि बजेटमाथि छलफल हुने हुन लागेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *