संसद बैठक आज बस्दै, अवरुद्द गर्ने रणनीतिमा एमाले, के प्रचण्डले माग्लान माफि ?

संसद बैठक आज बस्दै, अवरुद्द गर्ने रणनीतिमा एमाले, के प्रचण्डले माग्लान माफि ?

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । आइतबार विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेको हो । ।

आइतबार दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए ।

विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर, दलहरूबीच सहमति हुन नसकेपछि आइतबार बैठक बस्न सकेन । आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि अथमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०\०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमाछि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुखले दुईवटा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । तर, प्रतिपक्षी दलको अडान कायमै रहेकाले आज पनि संसद् बैठक सञ्चालन होला कि नहोला भन्ने प्रश्न यथावत् रहेको छ ।

एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा उभिएर माफि नमागेसम्म सांसद चल्न नदिने अडानमा एमाले छ ।

नगरिकता विद्येयकका साथै भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले कालापानी लिपुलेक भारतलाई दिएर बंगलादेशसँग नाका जोड्न सकिने अभिव्यक्ति दिएको भन्दै सो विषयमा एमालेले प्रधानमन्त्रीलाई माफि माग्न बारम्बार ताकेता गरिरहेको छ ।

आज विहान प्रधानमन्त्री प्रचण्डलाई प्रतिपक्षीको कुरा सुनिदिन भन्दै सभामुख देवराज घिमिरेले टेलिफोन गरेको बुझिएको छ । जसमा प्रधानमन्त्री प्रचण्डले संसदमै आएर प्रष्ट पार्ने बताएको जनइएको छ।

यसैगरी राष्ट्रिय सभा पनि आज १ बजेका लागि बोलाइएको छ । विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसदमा विरोध गरेका थिए ।

दुवै सदनमा गत १५ गते अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *