संसदमा ‘राँगो’ प्रवेश गरेपछि मच्चियो रडाँको !

संसदमा ‘राँगो’ प्रवेश गरेपछि मच्चियो रडाँको !

काठमाडौं । सोमबारको जारी बैठकमा भारतबाट ल्याउन लागिएको मुर्रा भैँसीको विषयले प्रवेश पाएपछि खैलाबैला मच्चिएको छ ।

सांसदहरुले प्रश्न सोध्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको उपलधि राँगो चढेर आउनु बाहेक केही नभएको बताएपछि खेलाबैला सत्ता प्रतिपक्षी सांसदहरुबीच खेलाबैला भएको हो ।

सांसद शिशिर खनालले प्रश्न सोध्ने क्रममा ‘प्रधानमन्त्री ज्यूको भारत भ्रमणमा उहाँले नै प्लेन चढेर उद्घाटन गरेको पोखरा विमानस्थलको उद्घाटन हुन्छ भनेर । तर दुर्भाग्य उहाँ भैँसी चढेर आउनु भयो’ भनेपछि माओवादी सांसदहरुले त्यसको प्रतिवाद गरेका थिए ।

सांसद खनालले सो अभिव्यक्ति दिएलगत्तै माओवादी केन्द्रका सांसद हितराज पाण्डेले आपत्ति जनाउँदै उनको भनाइ असंसदीय भएको भन्दै रेकर्डबाट हटाउने सभामुखलाई आग्रह गरेका थिए ।

उनले भने – संसदमा मार्यादिन शब्द प्रयोग हुनुपर्छ । भैँसी चढेर आएको भन्ने शब्द असंसदिय हो । यो रेकर्डबाट हटाइयोस्।’

त्यस लगत्तै एमाले सांसद सूर्य थापाले संविधान अनुसार कुनै सांसद बोलिरहेको अवस्थामै अर्को सांसदले त्यसको प्रतिवाद गर्न नमिल्ने बताए ।

उनले भने – ‘भनाइ राखिरहेका बेला सत्ता पक्षका सांसदहरुले अवरोध गर्नुभयो । उहाँहरुले दादागिरी देखाउनु भयो । बोल्ने अधिकार कुण्ठित गरिनु हुँदैनँ।’

त्यसपछि संसद भवन केहीबेर असान्त बनेको थियो । आजको संसद बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणबारे संसदलाई जानकारी दिने कार्यसूची तय भएको थियो । सोही कार्यसूची अनुसार प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका विषयमा जानकारी दिए लगत्तै प्रधानमन्त्रीलाई प्रश्न सोध्न इच्छुक सांसदहरुले प्रश्न गरिरहेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *