प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न- ‘भारत भ्रमण तीर्थाटन हो कि फेमिली भिजिट ?’

प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न- ‘भारत भ्रमण तीर्थाटन हो कि फेमिली भिजिट ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो मात्र नभएर नेपालको शीर निहुँराउने काम भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कस्तो खालको भ्रमण हो भन्दै भ्रमण फितलो मात्र नभएर नेपालको शीर निहुँराउने काम भएको बताएका हुन् ।

उनले भने, ‘विवादको विषय त भारत भ्रमणमा गएर गर्नुभएको फितलो प्रदर्शन हो । नेपालको शीर गौरवपूर्ण ढंगले उठाउने काम गर्नुभएन । वास्तवमा भन्ने हो भने मलाई भन्न मन थिएन । तर, तरिकाहरु मिलेन । परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेताहरु कता छन् थाहा छैन । छोरी प्रधानमन्त्रीज्यूको छेउमा देखिन्छ । उहाँले परिवारको सदस्य राख्नु भएको छ ? फर्स्ट लेडी भनेको स्पउस (श्रीमान÷श्रीमति) नै हो । परिवारका अन्य सदस्य हैनन् । प्रधानमन्त्रीले मर्यादा राख्नुभएन । प्रोटोकल मिलेन । धार्मिक, तीर्थाटन हो कि फेमिली भिजिट हो ? यस्तो खालको कमजोर प्रेजेन्टेसन नेपालको हुनु हुँदैन ।’

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे बोल्नुअघि संसदमा हंगामा मच्चिएको मूर्रा भैँसीबारे पनि ओलीले आफ्ना धारणा राखे । उनले आफूले विगतको समयमा राँगाको पिठ्यूँमै बसेर राँगा चराएको स्मरण गरे ।

उनले भने, ‘राँगा चढेको कुरा फेरि ओमिट हुनेहोला भए पनि होस् । म किशोर हुँदा राँगाको पिठ्यूँमा बसेर भैँसी चराइन्थ्यौँ । पूर्वराष्ट्रपति रामवरण यादवजीसँग बसेर कुरा गर्दा मैले ‘म त राँगाको पिठ्यूँमा बसेर चराएर आएको’ । म त तराईको मान्छे झन् राँगाको पिठ्यूँमा बसेर कति चराइयो चराइयो । रेकर्ड राख्नु नराख्नु स्वभाविक हो ।’

यहिँ सवालमा उनले पशुपतिनाथ साँढेकै पिठ्यूँमा चढेको पनि बताए । ‘श्री पशुपतिनाथ त साँढेकै पिठ्यूँमा चढ्नुहुन्थ्यो । भन्नुहुन्थ्यो वा हुँदैनथ्यौँ थाहा छैन । विवाद यी कुराहरुमा होइन । राँगाको पिठ्यूँमा भैँसीको पिठ्यूँमा चढेर आए कि ! राँगा नाम गरेको जेट हो कि ! मकालु, यति नाम गरेको जेट । यो कुरा विवादको कुरा होइन,’ उनले भने ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *