असभ्य सांसदहरु ! कुर्सी हानाहानदेखि नाङ्गो रुप

काठमाडौं । पछिल्ला दिनहरुमा प्रतिनिधि सभा बैठकका दृश्य रोचक, अमर्यादीत र असभ्य समेत देखिने गरेका छन् ।

पछिल्ला दिनहरुमा प्रतिपक्षीले प्रतिधि सभा बैठक अवरुद्ध गर्नेदेखि कपडा खोलेर नाङगै हुनेसम्मका हर्कत गरे ।

अझ प्रधानमन्त्रीमाथि टिप्पणी गर्नेक्रममा रास्वपा सांसदले त असंसदीय शब्द नै प्रयोग गरे ।

त्यसैले अहिले संघीय संसदका दुई सदनहरुबीच संस्कार र व्यवहारका विषयमा तुलना जनस्तरदेखि प्रधानमन्त्रीबाटै हुन थालेको छ ।

नेपालमा संसदीय अभ्यासको इतिहास धेरै लामो छैन । तर, यहाँ सांसदहरुले बेलाबखत अनेक हर्कत गर्छन् ।

संविधान जारी गर्दा ताका कुर्सी हानाहान गरि टाउँकोमा हिर्काउनेदेखि पछिल्ला दिनहरुमा संसद बैठकमै नाङिगने कार्यमा उत्रेने गरेका छन् सांसदहरु ।

संविधानसभाका दुई कार्यकालसहित हालसम्म संसदीय अभ्यासमा रही रहँदा सांसदहरुले बोलेका सयौं शब्दहरु रेकर्डबाट नै हटाउनु परेको छ ।

अझ् आफुमाथि कसैले केही आरोप लगाउने वित्तिकै संसद बैठक चल्न नदिने, घेराउ गर्ने, कुनैपनि विषयमाथि टिप्पणी गर्दा असभ्य बन्ने प्रवृति प्रतिनिधि सभाको जारी अधिवेशनमा थप बढेको देखिन्छ ।

यसरी सांसदहरु असंसदीय, असभ्य र उद्ण्ड व्यवहारमा उत्रने थालेपनि अहिले संसदीय संस्कारमा सभ्यताको खोजी गरिँदैछ ।

पछिल्ला दिनहरुमा जनस्तरबाट समेत संसद बैठकहरुमा सांसद असभ्य भईरहेको भन्दै आलोचना भइरहेको छ ।

असंसदीय व्यवहार प्रदर्शन गर्नेमा प्रतिनिधि सभाका सांसदहरु अग्रपंक्तिमा देखिन्छन् । प्रतिनिधि सभामा यसरी असभ्य शैली बढ्दै गएपछि राष्ट्रिय सभा र प्रतिनिधि सभाबीच देखिएको संस्कार भिन्नताबारे चर्चा हुन थालेको छ ।

जनस्तरबाट समेत राष्ट्रिय सभा शालिन भनि चर्चा भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले समेत रोष्टममा उभिए राष्ट्रिय सभा प्रतिनिधि सभाभन्दा सभ्य रहेको भनि टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार राष्ट्रिय सभाका सांसदहरुको प्रश्नमाथि जवाफ दिने क्रममा यस्तो टिप्पणी गरेका हुन् ।

भारत भ्रमणको विषयमा जवाफ दिने क्रममा प्रचण्डले राष्ट्रियसभा जे होस् सम्मानितै रहेछ भन्दै खुसी व्यक्त गरे ।

भारत भ्रमणको विषयमा प्रतिनिधिसभा भन्दा राष्ट्रियसभामा स्वच्छ वातावरणमा छलफल भएको प्रचण्डले बताए ।

भारतबाट आयात गरिएको राँगा प्रकरणले संसदमा लफडा नै भएको थियो । रास्वपाका एक सांसदले प्रधानमन्त्री भैँसी चढेर स्वदेश फर्किएको बताएपछि संसद्मा रेकर्डबाटै शब्द हटाउनुपरेको थियो ।

यसैको प्रतिक्रिया स्वरुप प्रधानमन्त्रीले दुई सदनबीच संस्कारको तुलना गरे । क्रिया, प्रतिक्रिया जे जस्ता चलेपनि पछिल्ला दिनहरुमा प्रतिनिधि सभा अशान्त नै छ ।

विचार, बहस छलफलमा केन्द्रित हुनुपर्ने सांसदहरु दम्भ र विषयवस्तुबाट बरालिएर भाषणबाजी गरिएको देखिन्छ ।

असंसदीय शब्द र शैली प्रदर्शनले मुलुककालागि कानून निर्माण गर्ने थलोबाट जनस्तमा कस्तो प्रभाव पर्छ ? यसतर्फ सांसदहरुले हेक्का राख्न जरुरी छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top