रेमिट्यान्स वृद्धि हुँदा विदेशी विनिमय सञ्चिति बढ्यो

रेमिट्यान्स वृद्धि हुँदा विदेशी विनिमय सञ्चिति बढ्यो

काठमाडौं । पछिल्लो केहि महिना यता लगातार रेमिट्यान्समा वृद्धि हुँदा विदेशी विनिमय सञ्चिति पनि बढ्न थालेको छ । नेपाल राष्ट्र« बैंकको तथ्याङक अनुसार विदेशी विनिमय सञ्चिति असोजबाट लगातार बढिरहेको छ ।

२०७९ असार मसान्तमा रु. १२ सय १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० वैशाख मसान्तमा रु १४ सय ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विदेशी मुद्राको सञ्चिति पनि उलेख्य वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९\८० को दश महिनाको तथ्याङ्कमा अनुसार २०७९ असार मसान्तमा रु.१२ सय १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा रु.१४ सय ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।

विदेशी विनिमय सञ्चिति कुन महिनामा कति ?

साउन ११ सय ९७ अर्ब ८५ करोड रुपैयाँ

भदौ ११ सय ८९ अर्ब १६ करोड कायम रुपैयाँ

असोज १२ सय ४६ अर्ब २२ करोड रुपैयाँ

कार्तिक १२ सय ४६ अर्ब २७ करोड रुपैयाँ

मंसिर १२ सय ९२ अर्ब ५६ करोड रुपैयाँ

पुष १३ सय ३७ अर्ब २९ करोड रुपैयाँ

माघ १३ सय ८३ अर्ब ३३ करोड रुपैयाँ

फागुन १४ सय १ अर्ब २१ करोड रुपैयाँ

चैत १४ सय ३३ अर्ब ७३ करोड रुपैयाँ

बैशाख १४ सय ७० अर्ब ३३ करोड रुपैयाँ

हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले ९.७ महिनाको बस्तु तथा आयात धान्न पुग्ने राष्ट बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९\८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायकसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ८०.७ प्रतिशत र २५.० प्रतिशत रहेका छन् ।

२०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए । त्यसैगरि, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ६८ करोड पुगेको छ ।

२०८० वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *